नागरिकता विधेयक सम्बन्धी रिट न्यायाधीश फुयाँलको इजलासमा
नागरिकता विधेयक संशोधन सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।
असोज ७ गते ‘हेर्न नभ्याइने’ मा परेको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो। संसद्ले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय र राष्ट्रपति निवासलाई विपक्षी बनाएर विभिन्न अधिवक्ताले रिट दायर गरेका थिए।
अधिवक्ताहरू सुनीलरञ्जन सिंह, सागर बराल, सुनीलकुमार यादव लगायतले रिट दायर गरेका थिए।