ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा प्रधानाङ्ग
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग पुनः निर्वाचित भएकी छन्।
२७औं साधारणसभाले प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले जानकारी दिए।
थापाका अनुसार, कार्यसमिति सदस्यमा सविता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सीताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्रनारायण श्रेष्ठ, हरिबहादुर थापा, सुनीता गुरुङ र संस्थागत सदस्यमा राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन्।
कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा छ।