दुई ठाउँमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक गएरातिदेखि अवरुद्ध भएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुई ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा कैयौं यात्रु र सवारी साधन बाटोमै रोकिएका छन्। पहिरोको दुवैतिर लामो लाइन लागेको छ।
यो वर्ष मात्रै दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। वर्षायाम शुरू भएसँगै यो सडकमा पहिरो खस्न थालेको हो।
अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नारायणगढ-मुग्लिन सडकमा किन जान्छ पहिरो?