एमालेसँग तालमेल गर्न लोसपाले बनायो समिति

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले)सँग तालमेल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समिति गठन गरेको छ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्। समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सुमन सदस्य छन्।
लोसपाले पाँच दलीय गठबन्धनसँग तालमेल गर्न खोजेको थियो। पाँच दलभित्रै विवाद नमिलेपछि एमाले लगायतका दलसँग तालेमले गर्ने तय गरेको हो।