विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार
विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार चयन भएका छन्।
विवेकशील साझाको विधानअनुसार, अध्यक्ष समीक्षा बास्कोटाले परियारलाई प्रवक्ता चयन गरेको केन्द्रीय सदस्य एवं केन्द्रीय सचिवालय व्यवस्थापन उप-प्रमुख नवराज थापाले जानकारी दिए। विववेकशील साझाको संस्थापकमध्येका परियार अहिले सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि रहेका छन्।
सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा क्रियाशील परियारले आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाबाट पत्रकारिता र अस्ट्रेलियावाट नेतृत्व विकासको तालिम समेत लिएका छन्। पत्रकारिता छोडेर राजनीतिमा लागेका परिवार सुनसरीको ईटहरीका बासिन्दा हुन्।