विश्वकाे धार्मिक स्वतन्त्रतामाथि अमेरिकी रिपोर्ट
गत शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पाेम्पियाेले विश्वकाे धार्मिक स्वतन्त्रताको बारेमा वार्षिक रिपार्ट जारी गरेका छन् ।
चीनमा सिंजियाङका विगर मुसलमान समुदायमाथि सरकारी व्यवहार, बर्मामा रोहिंग्या मुसलमानहरूमाथि भएको व्यवहार या इरानमा गैर मुसलमान सम्प्रदायमाथिको व्यवहारको प्रसंग रिपाेर्टमा उठाइएको छ।
साउदी अरबमा एक हजार सिया नागरिकलाई प्रदर्शनमा सहभागी भएकैले या सोसल मिडियामा कमेन्ट्स गरेको अपराधमा कैद भुक्तानी गर्नुपरेको भनी उल्लेख छ ।
पाकिस्तानमा इसाई महिला आसिया बिबीलाई ८ वर्षको कारावासपछि रिहाइ गरेपनि अझै ४० जनाभन्दा बढीलाई पेगेम्बर इस्लामको अपमानको आरोपमा आजीवन जेलमा राखिएको र उनीहरूको सुनुवाइ गर्ने कोही नभएको उल्लेख गरिएको छ ।
भारतमा पनि गोरक्षकहरूको मुसलमान र दलितमाथिको हिंसात्मक घटनाहरूमा सरकारले कुनै चासो र रोकथामका लागि कुनै निर्णय नलिइएको बताइएको छ । यी सबै कुराहरू अमेरिकी विदेश मन्त्रालयको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जुनजुन देशको धार्मिक स्वतन्त्रतामाथि टिप्पणी गरेको छ ती सबै देशले यस रिपोर्टलाई एकतर्फी र मनगढन्ते बताएका छन् ।
ती देशहरूले अरु देशको आन्तरिक मामलामा हस्तक्षेप गर्नु आवश्यक नभएको र संविधानले दिएको स्वतन्त्रता सबैले बराबर पाएको प्रतिक्रिया दिएका छन् ।
–एजेन्सी