एनएमबि ब्यांकका ग्राहकले बुद्ध र यती एअरको टिकटमा क्यासब्याक पाउने

एनएमबि ब्यांकले चाडपर्व लक्षित क्यासब्याक अफर ल्याएको छ।
एनएमबि ब्यांकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी बुद्ध र यती एअरको एप र बेवसाइटबाट टिकट खरीद गर्दा क्रमशः ३५० र ५०० रुपैयाँ क्यासब्याक पाउनेछन्।
क्यासब्याक सुविधाका लागि ग्राहकले एनएमबी कार्डहरूमा ई-कमर्श सक्रिय गर्नुपर्नेछ। यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने ब्यांकले जनाएको छ।