स्वास्थ्य बीमा कार्यदल बैठकमा रणनीतिक योजना प्रस्तुत
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठकमा रणनीतिक योजना प्रस्तुत गरिएको छ।
बुधबार बसेको कार्यदलको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका हुन्। स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएकाले अहिले देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने केसीले बताए।
केसीले भने, “स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ। यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने र सेवालाई थप गुणस्तरीय बनाउन जरुरी छ। यसका लागि हामीले छिटै ठोस खाका बनाउँछौं।”
आजको बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायबारे छलफल भएको छ। कार्यदलको अर्को बैठक आइतबार बस्नेछ।
कार्यदलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल र श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी सदस्य छन् भने सदस्य-सचिवमा नारायण ढकाल रहेका छन्।