नबिलका क्यूआर मर्चेन्टलाई फोनलोन सुविधा
नबिल ब्यांकले आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा ल्याएको छ।
नबिल फोनलोन क्यूआर मर्चेन्ट सेवाको शुरूसँगै क्यूआर मर्चेन्टले घरमै बसीबसी विना धितो नबिल स्मार्ट ब्यांकिङ मार्फत कर्जा पाउने ब्यांकले जनाएको छ।
नबिलले यूनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो योजना ल्याएको हो। यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्ने र नबिल स्मार्ट ब्यांकिङ लिनुपर्ने ब्यांकले जनाएको छ।
यसका साथै अघिल्लो महीना पाँच वटा क्यूआर कारोबारबाट १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार सातामा हरेक साता एउटा कारोबार हुनुपर्ने प्रावधान छ।