कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।
सभापति देउवाले साउन ३१ गते किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) पार्टी सभापतिले केन्द्रीय सदस्यहरू मनोनीत गर्न पाउने व्यवस्था छ।