नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयको सत्तारुढ जनमोर्चाद्वारा स्वागत
सत्ता गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयको स्वागत गरेको छ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले साउन ३० गते विज्ञप्तीमार्फत राष्ट्रपतिको निर्णयको स्वागत गरेका हुन्। “नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ” केसीले भनेका छन्, “त्यसलाई प्रतिनिधि सभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते पुनविर्चारका लागि प्रतिनिधि सभामा पठाउने निर्णय गरेकी थिइन्। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राखिएका कतिपय प्रावधानको चर्को विरोध भईरहेका वेला राष्ट्रपतिले संसद्मै फिर्ता पठाएकी हुन्।