सङ्क्रमणकालीन न्याय विधेयकमा मानव अधिकार आयोगका १२ असहमति
सरकारले ल्याएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय मानव अधिकार आयोगले १२ वटा असहमति राखेको छ।
आयोगले आइतबार पत्रकार सम्मेलन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधनका लागि ल्याइएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९ प्रति ध्यानाकर्षण भएको जनाएको छ। पीडितसँग समेत पर्याप्त छलफल नगरी संघीय व्यवस्थापिका संसदमा पेश गरिएको विधेयकमा संशोधन गर्नुपर्ने सुझाव दिएको छ।
मूल ऐन र हाल नेपाल सरकारबाट पेश भएको संशोधन विधेयकका प्रावधानमा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्रयाउन थप परिमार्जन हुनुपर्ने आवश्यकता देखिएको आयोगले जनाएको छ। त्यसका लागि आयोगले १२ बुँदामा संशोधन गर्नुपर्ने औल्याएको छ।


