त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक
_1660366235.JPG)
इटा बोकेको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट ट्रक त्रिशूलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। प्रहरीका अनुसार आज बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको हो।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको जनाइएको छ। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्ने एकीन हुन सकेको छैन।
त्रिशूलीमा खसेको ट्रक बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।