कोरोना विरुद्ध ५० जिल्लामा बालबालिकालाई खोप लगाइँदै
कोभिड-१९ विरुद्ध ५० जिल्लाका बालबालिकालाई अर्को साता खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकालाई फाइजर खोप लगाइने भएको छ। पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो।
फाइजरको पहिलो डोज भदौ ५ देखि ११ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ। त्यस्तै, दोस्रो डोज भदौ २७ देखि असोज १ गतेसम्म लगाइने भएको छ।