नेपाल–चीनबीच सीमा प्राविधिक टोली गठन गर्ने सहमति

नेपाल र चीनले सीमा निरीक्षण सम्बन्धी कार्य अगाडि बढाउन द्विपक्षीय प्राविधिक टोली गठन गर्ने भएको छ।
परराष्ट्र मन्त्री नारायण खड्काको दुई दिने चीन भ्रमणका क्रममा टोली गठन गर्ने सहमति भएको हो।
खड्काको भ्रमणपछि साउन २६ गते जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशबीचको सीमा निरीक्षणसम्बन्धी कार्य गर्न स्थापित स्थायी संयन्त्र संयुक्त सीमा निरीक्षण समितिको काम अघि बढाउन आवश्यक तयारीका लागि द्विपक्षीय प्राविधिक टोली गठन गर्न सहमति भएको छ।”
नेपालले चीनले सीमा अतिक्रमण गरेको बताइरहेका वेला दुई देशबीच संयुक्त सीमा निरीक्षण समितिको काम अगाडि बढाउने सहमति भएको हो।