बालाजुको जुत्ता कारखानामा आगलागी
काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आगो निभाउने काम भइरहेको बताए।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँगै स्थानीय बासिन्दा खटिएका छन्।