पछिल्लो २४ घण्टामा १०९० जनामा कोरोना
देशभरि पछिल्लो २४ घण्टामा १०९० कोभिड–१९ सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, साउन २४ गते ६ हजार ३०० नमूना परीक्षण गर्दा एक हजारभन्दा बढीको रिपोर्ट पोजेटिभ आएको हो।
कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभरी सक्रिय सङ्क्रमित सङ्ख्या ५८०६ पुगेको छ।
नेपालमा कोभिड लागेकामध्ये नौ लाख ७३ हजार ४०५ जना निको भइसकेका छन्।