अब नेपालमा चिनियाँ इन्टरनेट
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
यो सम्झौतापछि अब नेपालमा चिनियाँ इन्टरनेट (व्यान्डविथ) उपयोग गर्न पाइने छ । रसुवा–जिलोङ गेटवे हुँदै नेपाल र चीन अप्टिकल फाइबरमार्फत जोडिएका हुन् । योसँगै नेपाली इन्टरनेट बजारमा भारतीय एकाधिकार तोडिने भएको छ ।
यसअघि टेलिकमले भैरहवा, वीरगञ्ज र विराटनगरका नाकाबाट भारतका विभिन्न दुरसञ्चार सेवा प्रदायकमार्फत व्याण्डविथ खरिद गरिरहेको थियो ।
इन्टरनेट परिक्षणको काम भइरहेकोले अबको करिब एक महीनामा चिनियाँ इन्टरनेट नेपाली सर्वसाधारणले उपयोग गर्न पाउने छन् ।
चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएपछि अब इन्टरनेटको मूल्य घटने र गुणस्तर बढ्ने अपेक्षा गरिएको छ ।