नेपाली बजारमा जीडब्ल्यूएमको पिकअप ट्रक विङ्गल फाइभ
जीडब्ल्यूएम नेपालले पिकअप ट्रक विङ्गल फाइभ सार्वजनिक गरेको छ।
चिनियाँ अटोमेकर जीडब्ल्यूएमले निर्माण गरेको पिकअप ट्रक विङ्गल फाइभ २००६ डिसेम्बरमा निर्माण गरेको हो। विङ्गल फाइभ विदेशी बजारमा निर्यात र अस्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो।
विङ्गल फाइभमा १०५ केडब्ल्यू (१४१ एचपी) र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ दुई लिटर टर्बो–डिजेल इन्जिन रहेको छ। यस्तै‚ स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सीट, रियर डिफरेन्शियल लक, टीपीएमएस र अटो एयर कन्डिशन रहेको छ। इन्जिनले कम इन्धन खपत गरी उच्च दक्षता दिने कम्पनीले जनाएको छ।
गाडीको अगाडिको भागमा स्टाइलिस ग्रिल डिजाइन भएको डीआरएल छ। साइड ऐनामा टर्न इन्डिकेटर जस्ता सुविधा पनि छ। अघिल्लो भागमा हलोजन लाइट छ। यस गाडीको मूल्य रु.५२ लाख ४९ हजार तोकिएको छ।