एनसेलको ‘सही यो! पावर सिम’ पुनःसञ्चालन
एनसेल आजियाटा लिमिटेडले ‘सही यो! पावर सिम’ प्याक पुनःसञ्चालनमा ल्याएको छ।
यस प्याकको प्रमुख विशेषता इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरूमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा रहेको कम्पनीले जनाएको छ। ग्राहकले कर सहित रु.९७ मा साउन २३ गतेदेखि यो योजना अन्तर्गतको सिम लिन सक्नेछन्। यो सिममा रु.२० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने कम्पनीले जनाएको छ।
यसका साथै, यो प्याक शुरू भएको दिनदेखि ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टप निःशुल्क चलाउन सक्नेछन्। यस्तै‚ ३० दिनसम्म माईफाइभ सेवा पनि निःशुल्क शुरू गर्न सक्नेछन्। माईफाइभ सेवा अन्तर्गत ग्राहकले कुनै पाँच वटा एनसेल नम्बर पेयर गरी ती नम्बरहरूमा प्रति मिनेट ५० पैसामा कुराकानी गर्न सक्नेछन्।
यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सञ्चालनमा ल्याएको दुईदेखि ६ महीनाभित्र रु.५० वा सोभन्दा बढी रिचार्ज गरे निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सञ्चालन हुनेछ। यी सेवा ६ महीना सञ्चालनमा रहनेछन्। *१७१६४# डायल गरी माईफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्नेछन्।
यसै प्याक अन्तर्गत मेरो स्कूल, रमाइलो गेम्स र हङ्गामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाको ३० दिनसम्म निःशुल्क मजा लिन सकिनेछ।