नेपाल साफ यू–२० च्याम्पियनशिपबाट बाहिरियो

नेपाल साफ यू–२० च्याम्पियनशिपबाट बाहिरिएको छ भने भारत र बाङ्लादेशबीच फाइनल हुने भएको छ।
साउन १७ गते भएको खेलमा बाङ्लादेशसँग १–१ गोलको बराबरी खेलेको नेपालले कुल सात अङ्क जोड्न सक्यो।
भारतले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो। बाङ्लादेशले १० र भारतले ९ अङ्क जोडेका थिए।
माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल भारतसँग भने ८–० गोलको विशाल अन्तरले हारेको थियो।
