चार नयाँ उत्पादन ल्याउँदै हिताची
होम अप्लाइन्सेसको आधिकारिक वितरक हिताचीले नेपाली बजारमा चार नयाँ उत्पादन ल्याउने घोषणा गरेको छ।
कम्पनीले छिटै फ्रिज, वासिङ मशिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनर बजारमा ल्याउने घोषणा गरेको छ। माइक्रोवेभ ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मशिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर ल्याउने कम्पनीले जनाएको छ।
नेपाली उपभोक्तालाई उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो उपस्थिति थप मजबूत बनाउने योजना रहेको कम्पनीले जनाएको छ।