रामशाहपथमा नेपाल ब्यांकको एटीएम
नेपाल ब्यांक लिमिटेडले काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ।
नेपाल ब्यांकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले गत सोमबार एटीएमको समुद्घाटन गरेका थिए।
नेपाल ब्यांकले देशभर २१९ शाखा, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा पुर्याइरहेको छ।