पुरानो कारसँग चेरीको नयाँ कार साट्ने अवसर
नेपालमा चेरी गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सको आयोजनामा आजदेखि एक्सचेन्ज वीक शुरू भएको छ।
काठमाडौंको थापाथलीस्थित चेरीको फ्ल्यागसिस शोरुममा भइरहेको एक्सचेन्ज वीक आगामी आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ। एक्सचेन्ज वीकको अवसरमा कुनै पनि ब्रान्डको पुरानो कारसँग नयाँ चेरी कार साट्न सकिनेछ। यस्तै‚ चार लाख रुपैयाँसम्म छूट उपलब्ध हुनेछ।
त्यसै गरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस एक लाख रुपैयाँसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि एक लाखसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकलाई एक वर्षको इन्स्योरेन्स र एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ। चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।