यामाहाको बहुसुविधा सहित नयाँ ईएमआई अफर
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता यामाहा नेपालले बहुसुविधा सहितको नयाँ ईएमआई अफर ल्याएको छ।
यस अफरमा आर्थिक मन्दीको असरलाई मध्यनगर गरी सेवाग्राहीले सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक तथा स्कूटर पाउने कम्पनीले जनाएको छ। अफर गत शुक्रबारदेखि लागू भएको हो। अफरमा यामाहाको कुनै पनि बाइक तथा स्कूटर लिन चाहने सेवाग्राहीले ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८, २४ र ३० महीने फाइनान्सिङ सुविधा पाउनेछन्।
यस योजना अन्तर्गत रु.तीन लाख २३ हजार ९०० पर्ने एफजेड १६ एफआईको खरीदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.११ हजार ३१६, रु.आठ हजार ७८९ र रु.सात ३४७ को ईएमआई भुक्तान गर्नुपर्नेछ।
यस्तै‚ रु.तीन लाख ४७ हजार ९०० पर्ने एफजेड एक्स एफआई डबल डिस्कको खरीदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.१२ हजार १५४, रु.नौ हजार ४४० र सात हजार ८९२ को ईएमआई भुक्तान गर्नुपर्नेछ। यसै गरी, रु.तीन लाख ९४ हजार ९०० पर्ने एफजेडएक्स भी ०३ एक्स– कनेक्टको खरीदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.१३ हजार ७९१, रु.१० हजार ७१५ र रु.आठ हजार ९५८ को ईएमआई भुक्तान गर्नुपर्नेछ।
रु.चार लाख ३५ हजार ९०० पर्ने एफजेड एक्सको खरीदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८, २४ र ३० महीने योजना गरी प्रति महिना क्रमशः रु.१५ हजार २२९, रु.११ हजार ८२८ र रु.नौ हजार ८८८ को ईएमआई भुक्तान गर्नुपर्ने कम्पनीले जनाएको छ।
एमटी १५ बीएन्डबी, आर १५ भी ३ र आर १५ एम मोडलको बाइक खरीद गर्दा भने ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ। एमटी १५ बीएन्डबी खरीदमा १८, २४ र ३० महीने योजना गरी प्रति महिना क्रमशः रु.१४ हजार ८८, रु.१० हजार ९४२, र रु.नौ हजार १४७ को ईएमआई भुक्तान गर्नुपर्नेछ।
आर १५ भी ३ मोडलको खरीदमा रु.१५ हजार २८२, रु.११ हजार ८६९ र रु.नौ हजार ९२२ को ईएमआई भुक्तान गर्नुपर्नेछ। आर १५ एमको खरीदमा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.१७ हजार ११६, रु.१३ हजार २९३ र रु.११ हजार ११३ को ईएमआई भुक्तान गर्नुपर्ने कम्पनीले जनाएको छ।
यसै गरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कूटरहरू खरीद गर्दा ४० प्रतिशत अग्रिम भुक्तानीमै लिन सक्ने कम्पनीले जनाएको छ। रेजेड्आर ड्रम १२५ मोडलको खरीदमा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.नौ हजार १५०, रु. सात हजार १०६ र रु.पाँच हजार ९४१ को ईएमआई भर्नुपर्नेछ।
रेजेड् ११३ मोडलको स्कूटरको खरीदमा क्रमशः रु.सात हजार ६८२, रु.पाँच हजार ९६७ र रु.चार हजार ९८८ को ईएमआई भर्नुपर्नेछ। त्यसै गरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कूटर खरीदमा १८, २४ र ३० महीने योजना गरी प्रति महीना क्रमशः रु.१० हजार १२८, रु.सात हजार ८६६, र रु.६ हजार ५७६ को ईएमआई भर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।