ग्लोबल आईएमई ब्यांकको चक्रवर्ती मुद्दती निक्षेप योजना
ग्लोबल आईएमई ब्यांक लिमिटेडले ‘ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहना बमोजिम सोभन्दा बढी बनाउन सकिने ब्यांकले जनाएको छ।
यस योजनामा निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ। यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात रु.१० हजार कायम गरिएको छ। यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने विश्वास रहेको ब्यांकले जनाएको छ।