मेडिकल काउन्सिलको विशेषज्ञ परीक्षामा ६८.६ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ६८.६ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलले शनिबार लिएको परीक्षामा ४७४ जना परीक्षार्थी सहभागी थिए। जसमा ३२५ उत्तीर्ण र १४९ जना अनुत्तीर्ण भएका छन्। विभिन्न ४५ विधामा स्नातकोत्तर गरेका चिकित्सक सहभागी भएको काउन्सिलले जनाएको छ।
२०७८ माघमा लिइएको परीक्षामा भने ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।