नेपाली बजारमा टाटा विंगर बीएस ६
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा विंगर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ।
प्रिमियम टफ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायत संस्थालाई उपयुक्त रहेको कम्पनीले जनाएको छ। २.२ लिटरको डाइकोर इन्जिन जडित विंगर बिएस ६ को टर्क प्रभावकारी रहेको छ। त्यसै गरी इको स्वीच एवं गियर सिफ्ट एड्भाइजर जस्ता विशेषता रहेकाले यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस्तै‚ हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस छ। जसले आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको दाबी छ। गाडीमा एबीसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ।
गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रूपमा देखिने गरी फायर डिटेक्सन तथा सप्रेसन सिस्टम र फग ल्याम्पको व्यवस्था गरिएको छ। बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विंगर स्कूलमा आधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ।