ढकाल र दिक्पाललाई किरात एकेडेमी पुरस्कार
किरात एकेडेमीले प्रदान गर्दै आएको ‘किरात एकेडेमी पुरस्कार’ विप्लव ढकाल र राजकुमार दिक्पाललाई प्रदान गरिने भएको छ।
ढकाललाई भोजपुरको वाङमय र दिक्पाललाई आदिवासी विद्रोहको इतिहास पुस्तकका लागि पुरस्कार प्रदान गरिने भएको हो। छनोट समितिले पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट सात वटा कृति सूचीकृत गरेकोमा ढकाल र दिक्पालको कृतिलाई संयुक्त पुरस्कारका लागि छनोट गरेको हो। पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ।
यसअघि पहिलो पटक युग पाठकको उर्गेनको घोडा र दोस्रो पटक झलक सुवेदीको ब्रिटिश साम्राज्यको नेपाली मोहोरालाई किरात एकेडेमी पुरस्कार प्रदान गरिएको थियो।