एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क वृद्धि, कसको कति?
चिकित्सा शिक्षाको शुल्क वृद्धि गरिएको छ। अब विद्यार्थीले उपत्यका बाहिर एमबीबीएस पढ्न ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।
राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ। आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए।
आयोगले गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएको छ। स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क वृद्धि गरिएको हो।
अब स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ हजार ९५ हजार ७२० शुल्क तोकिएको छ। त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ।
यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।
स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ। स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।
कसको शुल्क कति?