महिला कर्मचारीले मात्र सञ्चालन गरेको महाराजगञ्जको एनसेल सेन्टर
एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा महिला कर्मचारी मात्र रहेको एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।
यस सेन्टरको शुरूआतले समानताको हिसाबले समाजमा महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ। यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) अनुरूप छ। जसले कार्यस्थलमा विविधता, समानता र समावेशितालाई प्रोत्साहन गर्ने एनसेलले जनाएको छ।
सम्पूर्ण रूपमा महिला कर्मचारीबाट सेन्टर सञ्चालनमा ल्याउँदा खुशी लागेको एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले बताए।
यस एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर पनि रहेको छ। जस अन्तर्गत यस सेन्टरबाट ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन्। यस्तै‚ प्रत्येक रु.५० को रिचार्ज बराबर ग्राहकले रु.२० को रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसको अर्थ रु.१०० रिचार्ज गर्ने ग्राहकले रु.२० का दुई वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्दछन्। त्यस्तै‚ रु.२०० रिचार्ज गर्ने ग्राहकले रु.२० का चार वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त पाउँछन् भने रु.५०० रिचार्ज गर्ने ग्राहकले रु.२० का १० वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्नेछन्।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्धता अनुरुप, यस पूर्ण रुपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।