ग्लोबल आईएमई ब्यांकलाई ‘युरोमनी अवार्ड फर एक्सलेन्स’
ग्लोबल आईएमई ब्यांक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स (बेस्ट बैंक नेपाल)- २०२२’ बाट सम्मानित भएको छ।
बेलायतको लन्डनमा बुधबार आयोजित एक कार्यक्रममा ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका थिए।
सन् १९९२ मा स्थापित यस अर्वाड ब्यांकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो। ब्यांकले ग्राहकलाई प्रदान गर्ने सेवा, ब्यांकिङ क्षेत्रमा नयाँ प्रविधिको प्रयोग तथा उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।
युरोमनी म्यागजिन ब्यांकिङ क्षेत्रको विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ। युरोमनी समूहमा ब्यांक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन्।