नबिल र नेपाल बंगलादेश ब्यांकको एकीकृत कारोबार शुरू
नबिल ब्यांक लिमिटेड र नेपाल बंगलादेश ब्यांकको एकीकृत कारोबार शुरू भएको छ।
दुई ब्यांक बीच प्राप्तिको सम्पूर्ण काम समापन भएकाले सोमबारदेखि एकीकृत कारोबार शुरू भएको हो। नबिलले नेपाल बंगलादेशलाई प्राप्ति गरेको हो। दुई ब्यांकको मर्जपछि नबिल ब्यांक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुनेछ।
ब्यांकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दुई ब्यांक एक भई अझै सशक्त भएर सेवा दिने बताए। ब्यांकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित बनाई ब्यांकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने उनको भनाइ छ। ढुंगानाले सबै सूचकांकहरूमा अग्रणी स्थानमा कायमै रहने गरी एकीकृत कारोबार शुरू गरेका बताए।