‘गठबन्धन कायम रहन सक्छ, आगामी चुनावमा एक्लै बहुमत ल्याउने गरी जुटौं’
सत्तारुढ पाँच दलीय गठबन्धन कायम रहन सक्ने जनाउँदै आगामी चुनावमा एक्लै बहुमत ल्याउने गरी जुट्न नेकपा (एमाले)ले आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन–४’ स्थानीय चुनावको समीक्षा गर्दै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी जुट्न निर्देशन दिएका छन्। गठबन्धन र आन्तरिक विवादका कारण स्थानीय तह चुनावमा अपेक्षा गरेअनुसार परिणाम नआएको ओलीले स्वीकारेका छन्।
“स्थानीय निर्वाचनमा अपेक्षाअनुरुप परिणाम नआएकाले पार्टीपंक्ति अझै पनि निर्वाचनको धङधङी रहेको देखिन्छ। आरोप, प्रत्यारोप र आपसी आशंका अझै बाँकी छन्,” ओलीले निर्देशनमा भनेका छन्, “यस स्थितिबाट पार्टीपंक्तिलाई मुक्त गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीमा केन्द्रित गर्न जरुरी छ।”
अध्यक्ष ओली पाँच दलीय गठबन्धन कायम रहन सक्ने भएकाले सचेत रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। “गठबन्धनवालाहरूले स्थानीय चुनावबाट पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ,” उनले भनेका छन, “हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबले हुनुपर्छ।”
त्यस्तै, गठबन्धनको भयबाट मुक्त हुन पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्। “आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने,” ओली भनेका छन्, “हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामर्थ्य राख्छौं भन्ने आत्मविश्वास जगाउने।”
एमालेको अन्तरपार्टी निर्देशनको पूर्ण पाठ: