यादव पक्षको आरोप- भट्टराई पक्ष अराजक र गैरजिम्मेवार
विभाजनको सँघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेको छ।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्। यादवले वीरगञ्ज र भट्टराईले काठमाडौंमा बैठक बोलाएका हुन्।
केन्द्रीय कार्यसमितिको बैठक बोलाएकोमा यादव समूहले भट्टराई समूहलाई अराजक र गैरजिम्मेवार भनेको छ। यादवका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णय विपरीत काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको भनेर भ्रम फैलाइएको बुझिन आएको’ उल्लेख गरेका छन्।
कार्यालय प्रमुख अधिकारका अनुसार, यादव समूहले असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएको छ।