एनसेलको डबल मजा प्याक
एनसेल आजियाटा लिमिटेडले ‘डबल मजा प्याक’ ल्याएको छ। ग्राहकलाई रु.१२५ पर्ने डेटा प्याक पुनः खरीद गरे दोब्बर डेटा प्राप्त गर्नेछन्।
सात दिनको समयसीमा रहेको पाँच जीबी डेटा कर सहित रु.१२५ मा खरीद गरेका ग्राहकले उक्त प्याकको समय सकिनु अगावै पुनः सोही प्याक खरीद गरे पाँच जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो अफर असार २४ गतेदेखि प्राप्त गर्ने सकिनेछ।
यस अफर अनुसार‚ समयावधि सकिनुअघि नयाँ प्याक लिए डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिंदै जाने कम्पनीले जनाएको छ। उदाहरणका लागि, यदि कुनै ग्राहकले प्याक खरीद गरेको तीन दिनपछि सोही प्याक पुनः खरीद गरे नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको चार दिन सहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरीद गर्न सकिनेछ। अधिकतम समयसीमा २८ दिन रहने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकले *१७१२३*२२# डायल गरी यो प्याक शुरू गर्न सक्नेछन्।