१० वर्ष वारेन्टी सहितको बर्जर पेन्ट बजारमा
नेपालमा सन् २००० देखि सजावटी रङको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले ‘बर्जर वेदरकोट लङ लाइफ’ बजारमा ल्याएको छ ।
पियू र सिलिकन प्रविधिमा आधारित उक्त रङमा १० वर्ष वारेन्टी दिइएकोे छ ।
‘घामपानी छेक्छ, १० वर्ष टिक्छ’ नारा दिइएको रङमा भएको पियू इमल्सनले चमक वर्षौंसम्म कायम राख्ने, चर्को घाम तथा मुसलधारे वर्षाबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै यसमा भएको सिलिकनले बाहिरी भित्तामा ढुसी, लेउ उम्रन नदिने र रङलाई सधैं नयाँ जस्तै बनाइराख्ने कम्पनीले जनाएको छ ।