यसरी सार्न सकिन्छ मतदाता नामावली
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली अद्यावधिक गरिरहेको छ।
नयाँ नाम दर्ताका साथै नामावलीमा रहेको त्रुटि सच्याउन‚ एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिने आयोगले जनाएको छ। कुनै मतदाताले बसाइँ सरेका वा विवाह गरेका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहे आफ्नो नामावली दर्ता भएको जिल्ला वा सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनुपर्छ।
मतदाता नामावली सार्न नागरिकताको प्रमाणपत्र‚ बसाइँसराइ‚ विवाह दर्ता लगायत कागजात आवश्यक पर्दछन्। उक्त कागजात सहित तोकिएको निर्वाचन कार्यालयमा गई अनुसूची फाराम भरी निवेदन दिनुपर्छ।