यी हुन् एमालेका १३ विभागमा मनाेनीत सचिव
नेकपा (एमाले) सचिवालय बैठकले विभिन्न विभागमा सचिव मनोनयन गरेको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले १३ वटा केन्द्रीय विभागका सचिव मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। यसअघि विभागीय प्रमुख र सदस्य चयन गरेको भए पनि सचिव तोकिएका थिएनन्।
एमाले वित्त तथा आर्थिक विभागको सचिवमा भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागको सचिवमा मोहिनी खनाल, श्रम तथा रोजगार विभागको सचिवमा जनक चौधरी र संसदीय विभागको सचिवमा सूर्य पाठक मनोनीत भएका छन्।
त्यस्तै, सामाजिक सेवा विभागको सचिवमा नेत्र तिम्सिना, संस्कृति विभागको सचिवमा राजेश थापा, स्थानीय तह विभागको सचिवमा हर्क राई, प्रचार तथा प्रकाश विभागको सचिवमा गगन विष्ट, परराष्ट्र विभागको सचिवमा अन्जान शाक्य, संघीय मामिला विभागको सचिवमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागको सचिवमा पुष्पज्योति ढुंगाना र कानून विभागको सचिवमा डिल्लीराम मैनाली मनोनीत भएका छन्।