भिबोरको २२२ दिने निक्षेप योजना
भिबोर सोसाईटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । २२२ दिने यो योजनाअन्तर्गत ग्राहकले नौ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।
मुद्दती योजना सबै ग्राहकमा लागु हुने बैंकले जनाएको छ । बैंकको ४२ वटा शाखा र एक्सटेन्सन काउन्टरबाट योजनामा सहभागी हुन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।