स्थानीय चुनावको समीक्षा गर्न देउवाले बोलाए केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, असार २७ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपस्थिति हुन सबै केन्द्रीय सदस्यलाई आग्रह गरिएको छ।
बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा समीक्षा हुने मुख्यसचिव पौडेलले बताए। यससँगै समसामयिक राजनीतिक विषय पनि बैठकका अजेन्डा रहेका छन्।