देशभर फैलियो मनसुनी वायु‚ आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना
मनसुनी वायु देशभर फैलिएकाले आज अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
सोमबार बिहान देशभर बदली रही प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही वर्षा हुने सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।