एन्फा अध्यक्षमा कर्माछिरिङलाई पराजित गर्दै नेम्वाङ विजयी

अखिल नेपाल फूटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।
काठमाडौंमा असार ६ गते सम्पन्न २१औं साधारण सभाबाट नेम्वाङ निर्वाचित भएका हुन्। उनले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन्।
अध्यक्षका अर्का उम्मेदवार राजीव पौडेलले शून्य मत पाए।
यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भए। खड्काले र शिक्षित पराजुलीले ४० मत प्राप्त गरेका थिए।