वीरेन्द्रनगर र लम्कीचुहामा सिभिल ब्याङ्कको शाखा
सिभिल ब्याङ्क लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर र कैलालीको लम्कीचुहामा दुई शाखा सञ्चालनमा ल्याएको छ ।
वीरेन्द्रनगर शाखाको उद्घाटन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै लम्कीचुहा शाखाको उद्घाटन उक्त नगरपालिकाका मेयर महादेव बजगाईंले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मुलुकलाई समृद्ध बनाउन ब्याङ्क तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत गुरुङले व्यक्तिले पनि सरकारले जस्तै व्यक्तिगत बजेट बनाएर खर्च गर्ने र बचेको पैसा नियमित बचत गर्ने बानी बसाल्नुपर्ने बताए ।
यी दुईसँगै सिभिल ब्याङ्कको शाखा संख्या ८१ पुगेको छ ।