नेपाली बजारमा टाटा मोटर्सको जेनभोल्टज
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटर नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ।
भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) मा डिजाइन, परीक्षण र निर्माण गरिएको जेनेरेटरमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ। २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था रहेको कम्पनीले जनाएको छ। यस जेनेरेटर विभिन्न प्रयोजनका लागि उपयुक्त हुनका साथै टिकाउ‚ भरपर्दो र कम खर्चिलो रहेको बताइएको छ।
“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौं‚” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने‚ “टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरू मार्फत आफ्नो आफ्नो ग्राहकहरूको बदलिंदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिवद्ध छ।”
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुने बताउँछन्।
सीपीसीबी २ सम्बन्धी सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउने कम्पनीले दाबी गरेको छ। निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त हुने जनाइएको छ।