नेपालमा चेरीको टिग्गो ८ प्रो सार्वजनिक
नेपालका लागि चेरी कारको आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो सार्वजनिक गरेको छ।
टिग्गो ८ प्रोमा चेरीको टेक्नोलोजी समावेश रहेको कम्पनीले जनाएको छ। यस गाडीमा फूल एलईडी लक्जरी लाइटिङ सेट र विशेष लक्जरियस लेदर सीट स्ट्यान्डर्डको रुपमा उपलब्ध छ। चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपीट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ।
टिग्गो ८ प्रोमा १.६ लिटर टर्बोचार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन छ। जसलाई सुपर पावरफूल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ। ७–स्पीड डुअल–क्लच ट्रान्समिसनले सुसज्जित यस गाडीको अधिकतम पावर १४५ किलोवाट र २९० एनएमको पीक टर्क छ। टिग्गो ८ प्रोलाई ८.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा गति बढाउन क्षमता दिने र १०० किलोमिटर ६.८ लिटर इन्धन खपत हुने कम्पनीले जनाएको छ।
गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्वील, मेमोरी इनेबल मीरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशीप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ। यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लीयरेन्स छ।
चेरी टिगो ८ प्रोमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग छ। इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङसनल स्टेयरिङ ह्विलको समेत प्रयोग गर्न सकिन्छ। स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मीररको सुविधा छ। यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउने मात्र होइन, फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न समेत सहज बनाउने कम्पनीको दाबी छ।
यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लू, न्यू खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ। टिग्गो ८ प्रो फ्ल्यागसिप मोडलको मूल्य ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ। चेरी अटोमोबाइल कम्पनी चीनमा अवस्थित विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो।