आईटीएफ एशिया यू-१२ टेनिस प्रतियोगिता नेपालमा हुने
आईटीएफ एशिया यू-१२ टेनिसको दक्षिणएशियाको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
आइतबार नेपाल टेनिस संघले पत्रकार सम्मेलन गरी सोमबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। जेठ ३० गतेदेखि असार असार ३ गतेसम्म हुने प्रतियोगितामा दक्षिणएशियाका सातै देशका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव मनोहरदास मुलले बताए।
उनका अनुसार प्रतियोगितामा प्रत्येक देशका ६ खेलाडी सहभागी हुनेछन्। नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट भइसकेका छन्।
नेपालबाट पुरुषतर्फ वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा महिलातर्फ शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
यो प्रतियोगिताबाट छनोट हुने खेलाडीले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।