जग्गा बेचेर आविष्कार केन्द्रलाई ५० लाख सहयोग
अमेरिकावासी रमाकान्त अधिकारीले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
लमजुङमा जन्मिएका अधिकारी हाल अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन्। उनले नेपालमा रहेको जग्गा बेचेर उक्त रकम केन्द्रलाई सहयोग गरेको पुनले जानकारी दिए।
अधिकारी कीर्तिपुरस्थित आविष्कार केन्द्र पुगेर सहयोग गरेका हुन्। उनले केन्द्रमा भइरहेको कामको पनि अवलोकन गरेका थिए।