अब म खुइलिएँ, तपाईंको राजनीतिक अभीष्ट पूरा होस्ः रवीन्द्र मिश्र
विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको प्रतिक्रिया जनाएका छन्।
सामाजिक सञ्जाल फेसबूकमा आफूलाई खुल्याउन चाहनेहरूलाई लक्षित गर्दै उनले व्यङ्ग्यात्मक स्टेटस लेखेका हुन्।
“जसले मलाई प्रत्यक्ष भेटमा सीधै भनेका थिए– तपाईंलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभीष्ट नै पूरा हुँदैन नि,” मिश्रले लेखेका छन्, “अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभीष्ट पूरा होस्। यो देश हाम्रै जीवनकालमा रूपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ।”
स्थानीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम नल्याएपछि जेठ ११ गते मिश्रले पार्टी अध्यक्षबाट राजीनामा घोषणा गरेका थिए।