साञ्जेन खोला जलविद्युत् आयोजनाको परियोजना ऋण सम्झौता
नेपाल इन्भेष्टमेण्ट ब्याङ्क लिमिटेड र यसका साझेदार ब्याङंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाका लागि परियोजना ऋण सम्झौता भएको छ ।
आज भएको सम्झाैतामा इन्भेष्टमेण्ट ब्याङ्कका साथै कुमारी र सिटिजन ब्याङ्कले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
‘रन अफ दि रिभर’ आयोजना ‘चाइना हार्वर इन्जिनियरिङ कम्पनी’ द्वारा प्रवर्द्धित ‘शैलुङ पावर लिमिटेड’ले निर्माण गर्नेछ ।
इन्भेष्टमेण्ट ब्याङ्कले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा मार्फत सेवा दिइरहेको छ ।